छोरो छिरेपछि झक्कु मख्ख

छोरो छिरेपछि झक्कु मख्ख

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य सन्तोष सुवेदी प्रयास नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज उनलाई पार्टीमा स्वागत गरेका हुन् । 

रोल्पा इञ्चार्ज समेत रहेका प्रयास राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् । ०७१ मा पार्टी विभाजन हुँदा उनी विप्लव नेतृत्वको तत्कालीन नेकपातिर लागेका थिए । त्यसयता बाबुछोराको सम्बन्धमा समेत तिक्तता बढ्दै गएको स्थानीयहरु बताउँछ ।  ‘बाबुछोराको नेतागिरीले पारिवारिक रुपमा विखडण्न ल्याएको थियो’, एक स्थानीय भन्छन्, ‘दश वर्षपछि खोला फर्किन्छ भनेजस्तै छोरो बाबुकै पार्टीमा लागे ।’

यता नेकपा (माओवादी)का महासचिव विप्लवले आगामी प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाटै चुनाव लड्ने तयारी गरिरहेको बेला जिल्ला इञ्चार्जको पार्टी परित्यागले प्रभाव पार्ने देखिएको छ । विप्लवको जम्नथलो पनि रोल्पा नै हो, तर उनको परिवार जनयुद्धको संघारमा कपिलवस्तु झरेको थियो । त्यसयता बेलाबखत मात्रै रोल्पा पुगेका विप्लवले त्यहाँको वस्तुस्थित बुझ्न हिजाे जिल्लाका पत्रकारहरुसँग अनौपचारिक छलफल समेत गरिसकेका छन्।

टिप्पणीहरू