काँग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता

काँग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता

नेपाली काँग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता भएको छ । त्रिभुवन बिश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाको लाजिम्पाटस्थित भाडाको घरमा आज बिहान विशेष महाधिवेशन पक्षधर,संस्थापन पक्षधर र नेता शेखर कोइराला पक्षबीच कुराकानी भएको हो । 

वार्तामा महाधिवेशन पक्षधरतर्फबाट नेता प्रदीप पौडेल,गुरुराज घिमिरे,देवराज चालिसे,मधु आचार्यले उपस्थिति जनाएका थिए । त्यसैगरी, कोइराला पक्षबाट जीवन परियार,मिनेन्द्र रिजाल र संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी थिए । 

अस्तिदेखि शुरु भएको काँग्रेस विशेष महाधिवेशनको विषयलाई लिएर काँग्रेसभित्र लफडा भएको छ । महाधिवेशनमा संस्थापन पक्ष सहभागी छैन भने कोइराला परिवारबाट पनि कोही गएका छैनन् ।

टिप्पणीहरू