उपराष्ट्रपतिको पेट चिरियो

उपराष्ट्रपतिको पेट चिरियो

उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको अपरेशन सफल भएको छ । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा डा. रमेश भण्डारीको टोलीले अपरेशन गरेको हो । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । 

विभिन्न निजी अस्पतालमा उपचारपछि उहाँले हिजो टिचिङमा अपरेशन गराउनुभएको हो । अपरेशनका दौरान अस्पतालबाहिर सुरक्षाकर्मीको जम्बो टोली सुरक्षामा खटिएको थियो । 

आधुनिक औषधि नखाने बानीका कारण पेटमा कैँची चलाउनु परेको उहाँ निकट स्रोतले जनाएको छ ।  उपराष्ट्रपति यादवले मेडिकल औषधि खाने गर्नुभएको छैन । 

उहाँ मसला,चिल्लो,पिरो र मासु पनि खानुहुन्न । तर, कब्जियतको समस्यासमेत छ ।

टिप्पणीहरू