ताप्लेजुङको हृदयरोग निवारण प्रतिष्ठानमा नयाँ नेतृत्व

ताप्लेजुङको हृदयरोग निवारण प्रतिष्ठानमा नयाँ नेतृत्व

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङले नयाँ समिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले इन्द्रबहादुर गुरुङ सभापति रहेको १७ सदस्यीय प्रतिष्ठान शाखाको नयाँ समिति सर्वसम्मत छनौट भएको जनाइएको छ ।

शाखा समितिको उपसभापतिमा अनन्तमणि भट्टराई र खिनुमाया इजम, सचिव कमलप्रसाद भट्टराई, सहसचिव कल्पना गुरुङ, कोषाध्यक्ष निरोज श्रेष्ठ र उपकोषाध्यक्ष दुर्गादेवी गौतम चुनिएका छन् । सदस्यमा सुवास आचार्य, खड्गविक्रम सुवेदी, विवेक बानिया, किशोर अधिकारी, नरेन्द्र अधिकारी चयन हुनुभएको छ ।

शाखा कार्यसमितिको पदेन सदस्यमा ज्ञानबहादुर तामाङ, मनोनित सदस्यमा सुन्दरमोहन शाक्य, माला पालुङ्वा, यीगेन्द्रकुमार गुरुङ छन् । 

शुक्रबार भएको शाखाको अधिवेशन कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको थियो । कोशी प्रदेश सरकारका पूर्वमन्त्री बलबहादुर साम्सोहाङसहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

टिप्पणीहरू