प्रेमीको लिङ्ग चक्कुले च्वाट्टै पारेपछि प्रेमिका भन्छिन् ‘कुनै पश्चाताप छैन’

प्रेमीको लिङ्ग चक्कुले च्वाट्टै पारेपछि प्रेमिका भन्छिन् ‘कुनै पश्चाताप छैन’

प्रेममा धोका पाएकी एक जना भारतीय युवतीले प्रेमीको लिङ्ग काटिदिएकी छन् । उत्तर प्रदेशको मुजफ्फरनगरमा भएको उक्त घटना एहतशाम उर्फ बबलू नाम गरेका युवकको लिङ्ग काटिएको छ ।

एउटी २२ वर्षीया युवती आठ वर्षदेखि बबलूसँगको प्रेममा थिइन् । सँगै जिउने र सँगै मर्ने कसम थियो उनीहरुको । तर केही महिनाअघि युवकले अर्कै केटीसँग बिहे गर्ने तय गरे । प्रेमीले अर्कैसँग बिहे गर्ने कुरो थाहा पाएपछि युवतीलाई तनाव भयो र बदला लिने सोचिन् ।

सिभिल लायन्स प्रहरी चौकीका अनुसार युवतीले सुरुमा एउटा रेष्टुरेण्टमा भेट्न बोलाइन् । त्यहाँ उनीहरुले साँझको डिनर खाएपछि नजिकैको होटलमा बास बसे । राति एक पटक शारीरिक सम्बन्ध राखेको प्रहरीसँगको बयानमा युवतीले खुलाएकी छन् । शारीरिक सम्बन्धपछि युवक निदाए । सोही मौकामा युवतीले आफ्नो ब्यागबाट चक्कु निकालेर युवकको लिङ्ग काटिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

टनालगत्तै युवती भाग्न खोजिन्, ,तर युवकको चर्को चिच्याहटले होटलका अन्य पाहुना र कर्मचारी एकैछिनमा जम्मा भए । लिंग काटिएका गम्भीर अवस्थाका युवकको मेरठ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पक्राउ परेकी युवतीले प्रहरीसमक्ष प्रेममा धोक दिएको बदला लिङ्ग काटिदिएको र यसमा आफूलाई कुनै पश्चाताप नभएको सगर्व बयान दिएकी छन् ।

टिप्पणीहरू