टाउकोमा पानी जम्ने समस्याको नर्भिकमा समाधान

टाउकोमा पानी जम्ने समस्याको नर्भिकमा समाधान

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको उपचार थालिएको छ । शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार थालिएको जनाइएको छ ।

वरिष्ठ न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले त्यस सम्बन्धी शल्यक्रियामा हालै सफलता प्राप्त गरेको हो । यस प्रकारको शल्यक्रिया नेपालमै पहिलो पटक भएको जनाउँदै अस्पतालले त्यस्ता रोगी विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ । यसअघि टाउकोको पानी जम्ने समस्यामा पटक–पटक पाइप फेरिन्थ्यो । प्रोगामेबल शन्ट सिस्टमबाट त्यसो गरिरहनु पर्दैन । 

डा. झाका अनुसार टाउकोमा पानी जमेका बिरामीलाई शन्ट शल्यक्रियापछि पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा पुर्याइन्छ । सोही पाइपबाट सोसिएको पानी पेटबाट बाहिर निस्कन्छ । सीटी स्क्यान, एमआरआइ तथा अल्ट्रासाउण्ड परीक्षणबाट उक्त रोग पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ ।
 

टिप्पणीहरू