पाँचतारे होटलमा सिंहदरबारको झल्को

पाँचतारे होटलमा सिंहदरबारको झल्को

राजधानीको नागपोखरीस्थित होटल मेरियटमा आज मध्यान्हको माहौल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जस्तै देखिन्थ्यो । एक कार्यक्रममा भाग लिन प्रधानमन्त्रीसँगै केही मन्त्री,राज्यमन्त्री,सचिव, सहसचिवको उपस्थिति,उनीहरुको सुरक्षा दस्तासहितका सवारी साधनले सिंहदरबारको झल्को दिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको २९ औं विश्व जलवायु सम्मेलन र अन्तराष्ट्रिय न्यायालयमा नेपालको सहभागिताको समीक्षा कार्यक्रममा उपस्थित हुनुभएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको अध्यक्षतामा भएको सम्मेलनमा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाइएको थियो ।

गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा,वन तथा वातावरण राज्यमन्त्री रुपा वि.क.लगायत मन्त्रालयका उच्च अधिकृतहरुको सहभागिता छ । त्यसैगरी सांसदहरु पनि त्यहाँ पुगेका छन् ।

टिप्पणीहरू