विचरा श्रीमान बीचैमा घर प्रस्थान
अन्यायमा परेका दुनियाँदारीलाई न्याय दिँदै आएका एक जना न्यायाधीश आफैं भने अन्यायमा पिल्सिएर घर गएका छन् । तिनी हुन्– महेन्द्रबहादुर कार्की ।
तिनी ७७ जिल्लाका जिल्ला न्यायाधीशमध्ये एक नम्बर हुन् । कार्की २०६३ सालदेखि जहाँको त्यहीँ रहे, उच्चमा उक्लिनै नपाई मंसिर २१ गते घर गए ।
जागिरको अन्तिम घडी दरबन्दी काठमाडौं जिल्लामा भए पनि त्यहाँ ठाउँ नदिएर सर्वोच्चतिर काज खटाइएको थियो । यसअघि मकवानपुरमा कार्यरत उनी मुद्दामामिला कम हेर्ने स्वभावका भए पनि खाँटी फैसला गर्थे ।
०७० सालमा न्यायाधीश भएमध्ये २० जना जति गत साल नै उच्च अदालतको न्यायाधीश बनिसके । त्यसबेला १ नम्बरका कार्कीलाई छोडेर ५७ नम्बरमा रहेका न्यायाधीशको बढुवा गरिएको थियो ।
त्यसैगरी पोखरा उच्चका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले पनि मंसिर २० गते नै अवकाश पाएका छन् । सर्वोच्चको रजिष्ट्रार भई उच्च अदालतको मुख्य न्यायाधीश बनेका उनी सर्वोच्च जाने लाइनमा थिए ।
टिप्पणीहरू