अनुमति नलिएका अस्पतालमाथि कारबाहीको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत अनुमति वा नवीकरणबिना सञ्चालित केही निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाहीको तयारी गरेको छ ।
मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी, सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थालाई परिपत्र गर्दै अनिवार्य रुपमा अनुमति वा नवीकरण गराएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न भनेको छ । अन्यथा, कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयको चेतावनी छ ।
‘स्वास्थ्य संस्थाहरु इजाजत अनुमति नलिई–नवीकरण नगराई सञ्चालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा ‘कसैले पनि इजाजतपत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध गराउनु हुँदैन’ भन्ने व्यवस्था रहेकोले इजाजतपत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्नुहुन अन्यथा कानूनबमोजिम कारबाही हुने जानकारी गराइन्छ’, परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू