चार हजार बालबालिकाको सित्तैमा मुटु जाँच

चार हजार बालबालिकाको सित्तैमा मुटु जाँच
सुन्नुहोस्

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रको सहयोगमा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीको टिमले १५ वर्षमूनिका बालबालिकाहरुको मुटु जाँच गरेको हो । 

लिकाभित्रका तीन वटा विद्यालयमा हिजो शिविर सञ्चालन गरिएको डा.रेग्मीले जानकारी दिए । भानु माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र युवावर्ष माध्यमिक विद्यालयमा भएको शिविरमा चार हजार २४२ बालबालिकाको मुटु जाँच गरिएको थियो । 

कार्यक्रमको संयोजकसमेत रहेका डा.रेग्मीका अनुसार तीन हजार पाँच सय बालबालिकाको मुटु जाँच गर्ने योजना बनाइएको थियो । मुटु परीक्षण गरिएको बालबालिकामध्ये १० जनाले नियमित औषधी सेवन गर्नुपर्ने भएको छ । 

त्यसैगरी, १३ जना एक वर्षसम्म फलोसिपमा रहनुपर्ने, १० जनाको अपरेशन गर्नुपर्ने रिपोर्टले देखाएको छ । औषधी सेवन गर्नुपर्ने देखिएकालाई एक महिनाका लागि निःशुल्क औषधी वितरण गरिएको छ । अप्रेशन गर्नुपर्नेको हकमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिने व्यवस्था मिलाइएको छ ।
 

टिप्पणीहरू