सांसदको अस्पतालमा सर्भर डाउन

सांसदको अस्पतालमा सर्भर डाउन

नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माको नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालमा सर्भर डाउन हुँदा स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको छ । मोरङको विराटनगर महानगरपालिका–४, कञ्चनबारीस्थित अस्पतालको सर्भर डाउन हुँदा स्वास्थ्य बीमा कार्यक्रम रोकिएको हो । 

सर्भर नचल्दा बिरामीहरु मर्कामा परेका छन् । नगद तिर्नेको मात्र उपचार भइरहेको एक बिरामीले बताए । ‘कम्प्युटर नचलेको भन्दै स्वास्थ्य बीमितका लागि आज उपचार रोकिएको छ । पैसा तिर्नेको मात्र उपचार भइरहेको छ’,ती बिरामीले भने । अस्पतालका एक कर्मचारीका अनुसार आज बिहानदेखि सर्भर डाउन भएको थियो । 

हाल सर्भर सुचारु भइसकेको उनले जानकारी दिइन् । उनले भनिन्,‘आज बिहान केही समयका लागि सर्भर डाउन भएको थियो । तर,अहिले सुचारु भइसकेको छ ।’
 

टिप्पणीहरू