क्युरेक्सको ‘पोभिन’ बजारमा प्रतिबन्धित

औषधि व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्सद्वारा उत्पादित औषधिमाथि प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा उक्त उद्योगद्वारा उत्पादित औषधि गुणस्तरहीन पाइएपछि किनबेचमा रोक लगाइएको हो ।
विभागका अनुसार काभ्रेपलाञ्चोकको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्सद्वारा उत्पादित ब्याच नम्बर एलपीएस ५–०२३ नम्बरको ‘पोभिन’ औषधि न्यून गुणस्तरको भेटिएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता लैजान विभागको निर्देशन छ ।
साथै, सोको विवरण सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई विभागमा पेश गर्न र उक्त औषधिको सिफारिस, बेचबिखन र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
टिप्पणीहरू