चौधरीका जेठा छोरा अध्यक्ष,अनिल शाह सदस्य

चौधरीका जेठा छोरा अध्यक्ष,अनिल शाह सदस्य

नबिल बैंकको अध्यक्षमा विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरी छानिएका छन् । बैंकको साधारण सभामा उनलाई अध्यक्ष बनाउन राखिएको प्रस्ताव पारित भएको पढेर सुनाइएको थियो ।

यसअघि उपेन्द्रप्रसाद पौडेल बैंक अध्यक्ष थिए । दुई कार्यकाल पूरा गरेकाले उनलाई अध्यक्षबाट बिदा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आन्तरिक रुपमा वरिष्ठ कर्मचारीहरुलाई पठाएको सर्कुलरमा लेखिएको छ ।

यसअघि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका अनिलकेशरी शाहलाई सदस्यमा नियुक्त गरिएको छ । गत फागुनमा गभर्नर बन्न ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि मनोज ज्ञवाली सिईओ नियुक्त भएका हुन् । ढुंगानालाई चौधरीको कोलम्बोस्थित युनाइटेड बैंकमा सञ्चालक बनाइएको छ ।

पछिल्लो समय बैंकको वित्तीय सूचक राम्रो नरहेको कर्मचारीहरुले नै बताउन थालेका छन् । एक जना बैंकरले भने, ‘जेनतेन ९ नम्बरमा थियो,अबको बोर्ड कम्बिनेसनले पछाडिबाट पहिलो बनाउला कि भन्ने अवस्था देखिन्छ ।’

हाल नबिल बैंक सञ्चालक समितिका सदस्यमा तीन जना विदेशीसहित अन्य दुई जना नेपाली छन् ।

टिप्पणीहरू