जताततै पहिरो, आज र भोलि बिदा
सरकारले मुलुकभर लगातारको वर्षाको कारणले याताया अवरुद्ध भएपछि आज र भोलि सार्वजनिक बिदा दिएको छ । जताततै पहिरो गएका कारण आज पनि राजधानी भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधनमा रोक लगाइएको छ ।
प्रहरीका अनुसार ललितपुरको टीका भैरबमा पहिरो खसेकाले सडक अवरुद्ध छ । त्यस्तै भक्तपुरको साँगामा, चितवनको तुइन खोला नजिकै, मकवानपुरको सिस्नेरीमा, काभे्रपलाञ्चोकको रोशी गाउँपालिका ११ मा ठूलो पहिरो खसेकाले ती ठाउँका राजमार्गमा सवारी साधन बन्द छ । त्यस्तै सिन्धुपाल्चोकको चार किलो, धुलिखेलको खावा, संखुवासभाको एकुवा र बरुणमा, रसुवाको घट्टेखोला र बालुवाखानीमा पनि पहिरो गएको छ ।
टिप्पणीहरू