डाक्टर गोविन्द केसी गेटामा अनशन बस्दै
चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डाक्टर गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । सुदूरपश्चिमको गेटा मेडिकल कलेजमा उनले सत्याग्रह शुरु गर्न लागेको बताइएको छ ।
चिकित्सा शिक्षा आयोगले हालै गरेको एमबीबीएसमा सिट थप्ने निर्णय फिर्ता लिन माग गर्दै आएका केसी सरकारलाई दबाब दिन यो निर्णयमा पुगेका हुन् । अहिले दिउँसो १ बजेदेखि उनले सत्याग्रह सुरू गर्नेछन् ।
पटक–पटक अनशन बसेर रेकर्ड बनाएका केसी चिकित्सा क्षेत्र बाहेकका विषयमा पनि चासो राख्ने गर्छन् ।
टिप्पणीहरू