रातारात शपथ खुवाउने प्रदेश प्रमुख अस्पताल भर्ना

रातारात शपथ खुवाउने प्रदेश प्रमुख अस्पताल भर्ना

रातारात काठमाडौँ आइपुगेकी मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी अस्पताल भर्ना भएकी छन् । उनी केहीबेर अघि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएकी हुन् । 

लामो समयदेखि सुगर,प्रेसर, कोलेस्ट्रोलको औषधी प्रयोग गर्दै आएकी उनी समस्या बढेपछि अस्पताल भर्ना भएको स्वकीय सचिव टिकाराम उप्रेतीले जनआस्थालाई जानकारी दिए । उनका अनुसार भण्डारीको मधेश फर्किने कार्यतालिका भने तय भइसकेको छैन । 

प्रदेश प्रमुख भण्डारीले सरकार गठनको आह्वान नै नगरी एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उता मधेशमा अन्य दलहरुले विरोध जनाइरहेका छन् । एमालेबाहेक दलका नेता तथा कार्यकर्ताहरुले प्रदेश प्रमुखको कार्यालय र  मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन्,भने विभिन्न मन्त्रालयमा ताला लगाएका छन् । 

‘लोसपाका नेताहरुले मध्यरातीसम्म प्रदेश प्रमुखको कार्यालय छाडेनन्’, उप्रेतीले थपे, ‘उपचार गर्न काठमाडौँ जान्छु भनेपछि बल्ल उनीहरुले प्रदेश प्रमुखलाई निस्कन दिए ।’

प्रदेश प्रमुख भण्डारी रातभरि कार्यालयमै नजरबन्दमा परेको स्वकीय सचिव उप्रेतीले बताए । उनका अनुसार भण्डारी र उनका सहयोगीहरुलाई लोसपाका नेताहरुले रातभरि कार्यालयबाट बाहिर निस्कन दिएका थिएनन् । मध्यराती उपचारको लागि काठमाडौँ हिँड्न लागेको बताएपछि भण्डारीलाई निस्कन दिइएको थियो । ‘लोसपाका नेताहरुले मध्यरातीसम्म प्रदेश प्रमुखको कार्यालय छाडेनन्’, उप्रेतीले थपे, ‘उपचार गर्न काठमाडौँ जान्छु भनेपछि बल्ल उनीहरुले प्रदेश प्रमुखलाई निस्कन दिए ।’

एमाले सांसदहरु भने बर्दिबासमा भण्डारीलाई कुरेर बसेको बताइन्छ । भण्डारी काठमाडौँ फर्किदै गर्दा बर्दिवासमा गाडी रोकेर यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ खुवाएर बाटो लागेकी थिइन् ।

टिप्पणीहरू