पाकिस्तानमा बौद्ध सम्पदा संरक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन
बौद्ध सम्पदाका विद्धान एवम् बौद्ध परम्परावादीहरुले बुद्धसँग जोडिएका साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयद्वारा ‘गान्धार टु द वल्र्ड’ शीर्षकमा हिजो सम्पन्न दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्ध सम्पदाका अध्येताहरुले बौद्ध परम्पराको विकासमा शान्ति र समृद्धिको नयाँ आयाम खोज्नुपर्नेमा जोड दिएको बताइन्छ ।
गान्धर बौद्ध परम्परालाई महायान बौद्ध परम्पराको जन्मस्थल मानि…