धरानमा समलिंगी विवाह, प्रजित र जोसेफ दम्पत्ति

धरानमा समलिंगी विवाह, प्रजित र जोसेफ दम्पत्ति
सुन्नुहोस्

नेपाली समाजमा अझै पनि तेस्रोलिंगी विवाह भन्ने बित्तिकै नाम खुम्च्याउने ठूलो जमात छ । त्यस्तो विवाहले कानुनी मान्यता पाइसक्दासमेत सामाजिक मूल्य मान्यताका कारण समाजमा सर्वस्वीकार्य भइसकेको छैन । 

सूचना प्रविधिको विकास र मानव चेतनास्तरमा आएको परिवर्तनसँगै पछिल्लो समय तेस्रोलिंगी विवाहको स्वीकार्यता क्रमशः बढ्दैछ । सरकारी तथ्याङ्क अनुसार गएको वर्षमात्रै तीन जोडी (महिला–महिला) ले विवाह दर्ता गराएका थिए ।

यसैबीच नेपालमै पहिलो पटक समलिंगी विवाहले मान्यता पाएको छ । धरान उपमहानगरपालिका– ११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाहलाई वडा कार्यालयले मान्यता दिँदै विवाह दर्ताको प्रमाण पत्रस प्रदान गरिएको छ ।

प्रजित र जोसेफ लामो समयदेखि रिलेसनमा भए पनि विवाह दर्ता गर्ने हिम्मत गरेका थिएनन् । तर, पूर्वसांसद सुनिलबाबु पन्त नेतृत्वको ‘मायाको पहिचान’ संस्थाको सहयोगमा उनीहरुले वैवाहिक मान्यता पाएका हुन् । पन्त पनि समलिंगी हुन् । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते मुलुकभरका ७५३ वटै स्थानीय तहलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र गरेको थियो । तर, परम्परागत सोचको कारण अझै पनि अपेक्षित रुपमा ती समुदाय खुल्न सकेको छैन ।

टिप्पणीहरू