ग्लोबल आइएमई बैंकद्धारा हाइकिङसँगै फोहोर संकलन
ग्लोबल आइएमई बैंकले फोहोर संकलनका लागि हाइकिङ गरेको छ । विश्व वातावरण दिवसका अवसरमा फोहोर संकलननार्थ काठमाडौंको कीर्तिपुरस्थित मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म हाइकिङ गरिएको हो ।
कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखासँगको सहकार्यमा भएको हाइकिङका दौरान करिब डेढ सय किलोग्राम प्लाष्टिकजन्य फोहोर संकलन गरिएको बैंकले जनाएको छ । हाइकिङ रुटअन्तर्गत विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समे…