बजेट भाषणपछि चौधरी दङ्ग
नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी आगामी आर्थिक वर्षको बजेटलाई लिएर हर्षित देखिएका छन् । बजेटले निजी क्षेत्रका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको भन्दै उनले खुशी व्यक्त गरेका हुन् ।
कांग्रेस–एमाले गठबन्धन सरकारको तर्फबाट हिजो संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै चौधरीले निजी व्यवसायीसँग सम्बन्धित केही सकारात्मक प्रयास भएको बताए । विदेशमा लगानी र ‘स्वेट सेयर’ प्रति उनले खुशी व्यक्त गरेका ह…