यी हुन् बजेटका उद्देश्य र प्राथमिकता

यी हुन् बजेटका उद्देश्य र प्राथमिकता

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ उद्देश्य र ७ वटा प्राथमिकता निर्धारण गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिनुभएको हो । 

उच्च, दिगो एवम्‌ फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि, सामाजिक संरक्षण एवम्‌ विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने अनि गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन बजेटको उद्देश्य रहेको छ  ।

उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चिततासँगै नागरिकमैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार आगामी बजेटको प्राथमिकता रहेको अर्थमन्त्रीले बताएका छन्  ।

टिप्पणीहरू