अर्थतन्त्र सुध्रिएको अर्थमन्त्रीको दाबी

अर्थतन्त्र सुध्रिएको अर्थमन्त्रीको दाबी

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको दाबी गर्नुभएको छ ।

आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उहाँले गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको जानकारी दिनुभयो ।

उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको अर्थमन्त्रीले बताउनुभयो । 

विद्युत, यातायात तथा  भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको पनि त्यसक्रममा उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख भएको छ । गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण छ । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान छ । विद्युत, यातायात तथा  भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनिय वृद्धिदर हुने अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको छ। संवत् २०८२ वैशाखसम्म पर्यटक आवागमनको संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भइ ९ लाख २३ हजार पुगेको छ ।’

चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत महिनामा ३.४ प्रतिशतमा सीमित रहेको पनि उहाँले जनाउनुभयो ।

टिप्पणीहरू