रविको सहकारी काण्डपछि बाहिर आएकोे ‘स्वेट सेयर’ को चर्चा बजेटमा
नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत ‘स्वेट सेयर’ लिन पाउने भएका छन् । सरकारले आगामी वर्षको बजेटमा उक्त व्यवस्था राखेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत ‘स्वेट सेयर’ लिन पाउने कानूनी व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिइने पनि बताउनुभयो ।
नेपालको हकमा ‘स्वेट सेयर’ नितान्त नयाँ व्यवस्था हो । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पहिलो पटक यो चर्चामा ल्याएका थिए ।
जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहँदाको बखत आफूले पसिनाको मूल्यका रुपमा ‘स्वेट सेयर’ पाएको उनको दाबी थियो । यद्यपि नेपालको मौजुदा कानुनले त्यसलाई स्वीकार गरेको छैन ।
टिप्पणीहरू