बजेटमा ‘ऋण काढेर घ्यू खाने’ उक्ति चरितार्थ

बजेटमा ‘ऋण काढेर घ्यू खाने’ उक्ति चरितार्थ

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चालु आवको तुलनामा ५.५८ प्रतिशतले ठूलो बजेट प्रस्तुत गर्नुभएको छ ।

चालू वर्ष १८ खर्ब ६० अर्ब ३० करोडको बजेट कार्यान्वयनमा ल्याइएको थियो । अर्धवार्षिक समीक्षापछि त्यसलाई संशोधन गर्दै १६ खर्बमा सीमित गरियो । आगामी आवको बजेट संशोधित बजेटभन्दा १८.२ प्रतिशतले बढी हो । 

आगामी वर्ष चालू खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड छुट्याइएको छ, जुन कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको छ । 

खर्च स्रोततर्फ राजस्वबाट १३ खर्ब १५ अर्ब सङ्कलन गर्ने लक्ष्य लिइएको छ । चालू वर्ष १२ खर्ब ४८ अर्ब ६२ करोड लक्ष्य राखिएकोमा अहिलेसम्म १० खर्बसमेत राजस्व उठेको छैन । 

आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड स्रोत जुट्ने अपेक्षा गरेको छ । ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान प्राप्त हुने विश्वास लिइएको छ ।

ऋण काढेर घ्यू खाने भनेजस्तै सरकारले पौने चार खर्ब ऋण तिर्न झण्डै छ खर्ब ऋण लिन लागेको हो ।


 

टिप्पणीहरू