बालकल्याणका विद्यार्थीलाई एसबिआईको सहयोग
नेपाल एसबिआई बैंकले कास्कीको पोखरा महानगरपालिका–२५ स्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्कुल झोलासहित स्टेशनरी सामग्री प्रदान गरेको जनाएको छ ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार तिवारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंगा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपालसहित बैंक तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु हस्तान्तरणको समयमा उपस्थित थिए ।
सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको एसबिआई बैंकले मुलुकभर एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १८ शाखारहित बैंकिङ सेवा, १२५ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
टिप्पणीहरू