बजेट ‘ब्रिफकेस’ बोकेर अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा

बजेट ‘ब्रिफकेस’ बोकेर अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रधानमन्त्री कार्यालय पुग्नुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट ‘ब्रिफकेस’ बोकेर उहाँ भर्खर प्रधानमन्त्री कार्यालय जानुभएको हो । 

सेतो रङको ब्रिफकेसलाई रातो रिबनले बाँधिएको छ । त्यसमा शीलबन्दी गरिएको बजेट आज संघीय संसद्को संयुक्त बैठकमा पेश हुँदैछ । 

त्यसअघि बस्न लागेको क्याविनेट बैठकले बजेट अनुमोदन गरेर स्वीकृत गर्दैछ ।
 

टिप्पणीहरू