प्रधानमन्त्री र सभापतिको ठाउँमा ठूला परियोजना
सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताका गृहजिल्लामा सरकारले ठूला परियोजना पारेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको झापामा क्रमशः विमानस्थल र अन्तर्राष्ट्रिस्तरको आधुनिक रंगशाला बनाउनेगरी सरकारले बजेट व्यवस्था गरेको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा उक्त कुरा सुनाए । जसअनुसार डडेल्धुराको अजयमेरुमा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने छ ।
झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने पनि अर्थमन्त्रीले बताए । दमक प्रधानमन्त्री ओलीको गृहनगर हो ।
बजेटकाे पूर्णपाठ ।
टिप्पणीहरू