बजेट भाषणअघि बैठक निरन्तर

बजेट भाषणअघि बैठक निरन्तर

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो ३ बजे आर्थिक वर्ष २०८२ / ०८३ को राजश्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै हुनुहुन्छ । त्यसअघि उक्त बजेटलाई मध्याह्नको समयमा बस्ने क्याबिनेट बैठकले अनुमोदन गर्ने कार्यक्रम छ । 

बजेटअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आयोगको बैठक बस्दै छ ।

तीन बजेको संसद बैठकका लागि पौने ३ बजेभित्र दुबै सदनका सांसदहरु प्रतिनिधि सभाको बैठक कक्षमा छिर्नुपर्ने छ । साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपको पत्र पढेर सुनाउनुहुने छ । त्यसपछि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।

उता राष्ट्रिय सभाको बैठक पनि पौने २ बजे राखिएको छ । बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुने राष्ट्रिय सभाको कार्यसूचीमा उल्लेख  छ ।

टिप्पणीहरू