कर्मचारीको तलब बढेन, सुविधा अध्ययन गर्न कमिटी
सरकारले निजामती, सेना, प्रहरी, शिक्षकलगायत सरकारी कर्मचारीको तलब बढाउने सम्भावना टरेको छ । हाल कायम रहेको तलबमान र सुविधा अध्ययन गर्न एउटा कमिटी गर्ने जानकारी दिइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा ज्येष्ठ नागरिक भत्ताको लागि तोकिएको न्यूनतम उमेरलाई ६८ बाट ७० वर्ष पुर्याएको जनाउनुभएको छ । साउन १ गतेदेखि कर्मचारीको तलब बढ्ने सम्भावना हाललाई टरेको छ ।
तर, कर्मचारीहरुलाई दिइँदै आएको दुई हजार महँगी भत्तालाई तीन हजार थपेर पाँच हजार पुर्याइएको छ । यसो गर्दा अवकाश प्राप्त कर्मचारीलाई पेन्सनमा थप गर्नुपर्दैन । तलब स्केल बढाएको अवस्थामा पेन्सनप्राप्त कर्मचारी वा तिनका परिवारलाई तीन भागको दुई भाग प्रदान गर्नुपर्ने हुन्छ । तलबस्केल बढेमा कर्मचारीको ग्रेड रकममा समेत वृद्धि हुने भएकाले सरकारले महँगी भत्तामा जोड दिएको हो ।
टिप्पणीहरू