संसदमा छलफल बाँकी, सिंहदरबारमा गृहकार्य

आर्थिक वर्ष ०८२-०८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य थालेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यसअन्तर्गत मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न मन्त्रालयका सचिवहरुसँग सामूहिक छलफल गर्नुभएको छ । हिजो बिहान मन्त्रालयमा ढेड घण्टा चलेको छलफलले आज पनि निरन्तरता पाएको हो ।
छलफलका क्रममा सचिवहरुले मन्त्रालयका लागि विनियोजित बजेट कार्यान्वयन प्रभावकारी बनाउन राय दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
उता संसदमा बजेट पेश भएको एक हप्ता बितिसक्दा पनि त्यसउपर छलफल हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरुले संसद अवरुद्ध पारेपछि विनियोजन विधेयकमाथिको छलफल रोकिएको हो ।
टिप्पणीहरू