विकास आनन्द एसबिआईको डेपुटी सीईओ

नेपाल एसबिआई बैंकको नायव कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा विकास आनन्द नियुक्त भएका छन् । यसअघि बैंकको प्रमुख सञ्चालक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका उनी डेपुटी सीईओमा नियुक्त भएका हुन् ।
बैंकको ५२८ औं सञ्चालक समिति बैठकले आनन्दलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ्ग सेवा गर्दै आएको छ । देशभर एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ्ग शाखा, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू