जिबी राईको सहकारी ठगीविरुद्ध उजुरी हाल्न पाइने

जिबी राईको सहकारी ठगीविरुद्ध उजुरी हाल्न पाइने

जिल्ला प्रहरी कार्यालय, चितवनले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट भएको ठगीविरुद्ध उजुरी मागेको छ । निक्षेप जम्मा गरेका सहकारी पीडित बचतकर्तालाई उजुरी दर्ता गराउन चितवन प्रहरीले अनुरोध गरेको हो । 

भरतपुर महानगरपालिका–३ लायन्स चोकमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले बचतकर्ताको रकम अपचलन गरेको गुनासो आएपछि उजुरी आह्वान गरेको जिप्रकाले जनाएको छ । सहकारीको सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्यसमितिका पदाधिकारी र व्यवस्थापकसमेतले सहकारीमा आबद्ध निक्षेपकर्ताको रकम ठगी गरेको आरोप छ ।

त्यस्तै, उनीहरुविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा समेत दायर भई अनुसन्धान कार्य जारी रहेकोले उजुरी दिन छुटेका निक्षेपकर्तालाई आगामी १५ दिनभित्र कार्यालयमा उपस्थित हुन जिप्रकाले अनुरोध गरेको छ । 

यस सहकारीका सञ्चालक जीबी राई भने बचतकर्ताको करोडौँ रकम हिनामिना गरी फरार भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा प्रवन्ध निर्देशक रहेका बेला जीबीले उक्त रकम त्यता लगानी गरेको बताइन्छ । 

रकम डुबेपछि लामो समयदेखि बचतकर्ता संघर्षमा छन् ।

टिप्पणीहरू