भारतीय सिमानाबाट तानिए सशस्त्र डिआइजीहरु
सशस्त्र प्रहरी बल नेपालको सीमासँग जोडिएका तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानिएको छ । कोशी प्रदेश,मधेश र लुम्बिनीका डिआइजीलाई बोलाएर सीमा सुरक्षा विभागका एआइजीले ब्रिफिंग लिइसकेको बुझिएको छ ।
कोशीका शम्भु सुवेदी छोरी उतै भएकाले बिदा लिएर अमेरिका गएका छन् । उनको ठाउँमा निमित्त रहेका एसएसपी मनिष थापालाई झिकाइएको छ । त्यस्तै मधेश प्रदेशका इन्चार्ज कालिदास धौबजी र लुम्बिनीक प्रदीपकुमार पालले पनि हेडक्वार्टरमा हाजिरी जनाउनुपरेको अवस्था छ ।
सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उनीहरुको हाजिरी लागेको हो यसअघि त्यतैका केही एसपीलाई तानेर हल्चोकमा अड्याइराखिएको छ । कोशीका वरिष्ठ एसएसपी थापा अविवाहित र खानपिनमा रसिक मानिन्छन् ।
मधेशका कालिदास हेडक्वार्टरले पत्याएको मान्छे हुन् । कोषराज वन्तको खास मान्छे भनेर चिनिएका थिए । प्रदीप कुमार प्राविधिकबाट आएका हुन् ।
लुम्बिनीमा डिआइजीभन्दा एसएसपी कमलप्रसाद तिम्सिनाको प्रभाव धेरै रहेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।
टिप्पणीहरू