एसबिआईले थप्यो आधा दर्जनबढी नयाँ शाखा
नेपाल एसबिआई बैंकले एकै पटक आधा दर्जनबढी नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुलुकभर शाखा विस्तारको क्रममा बैंकले विभिन्न सात स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार, सुनसरीको दुहबी र तनहुँको दुलेगौंडामा शाखा विस्तार गरिएको छ ।
बैंकका प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले ती शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखा सञ्चालनबाट सहज रुपमा बैंकिङ्ग सुविधा उपलब्ध हुनुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने बैंकको विश्वास छ ।
एसबिआई बैंकले हाल देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २२ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू