वामदेवसँगै क–कसको व्यवस्थापन

वामदेवसँगै क–कसको व्यवस्थापन

नेकपा एससँग मिल्न लागेका पूर्व एमाले नेता वामदेव गौतमले सचिवालयमा दुई जना, स्थायी कमिटीमा चार जना, पोलिटब्युरोमा ७ जना र केन्द्रीय सदस्यमा १५ जनासहित, केन्द्रीय विभागमा ३ जना, ज्येष्ठ कम्युनिष्ट मञ्चमा ७ जना नेताको व्यवस्थापन गर्नुपर्ने माग राखेको बुझिएको छ । 

यसरी व्यवस्थापन गर्नुपर्नेमा एकता अभियानको केन्द्रीय सल्लाहकार रहेका गुप्तचर विभागका पूर्वप्रमुख देवीराम शर्मा, पूर्व एसएसपी केदार कोइराला, एसपी वामदेव गौतम, रिटायर्ड कर्णेल सुधीर कार्कीलगायत छन् । यसैगरी वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य पाँचौँ महाधिवेशनदेखि वामदेवसँगै छन् भने धनञ्जय खनाल, डा. ललन चौधरी, डा. रमेश श्रेष्ठ, युवा संघका दुई कार्यकाल केन्द्रीय सदस्य प्युठानकी भगवती विष्ट, बाँकेका कमल बस्नेत र कमला बोहोरा, तुलसा थापा, अखिल नेपाल किसान संघकी रामकुमारी महर्जन, कृषि वैज्ञानिक डा.बुद्धिरत्न खड्गी पनि यही मेसोमा पर्छन् । 

एकताका एमालेको विभिन्न कमिटीमा रहेका बाजुरेली रविन्द्र बम, जुम्लाका रामकृष्ण चौलागाइँ, दैलेखका विद्याप्रसाद शर्मा, रूपन्देहीका राधेश्याम गुप्ता र महेन्द्र अर्याल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य बुटवल घर भएका डिल्ली भट्टराई, प्युठानका पत्रकार इमानसिंह भारती, बाँकेकै मोहम्मद शेरबागबान, बर्दियाका ईश्वर चौधरी, तोफा यादव, किसान महासंघमा दुई कार्यकाल गण्डकीका नेता दुर्गादत्त भण्डारी, पूर्व शिक्षक तथा २०४० सालदेखिकै पार्टी सदस्य रामजी पन्त, सुर्खेत क्याम्पस प्रमुख रामबहादुर भण्डारी, चितवनका शेखर अर्याल, एमालेको बुद्धिजीवी विभागमा दुई पटक सदस्य रहिसकेका रामप्रकाश अधिकारी, मकवानपुरका नवराज ढुंगानालगायत वामदेवको सूचीमा अटाएका छन् ।
 

टिप्पणीहरू