नियमानुसार यातायात भाडा बढाइएको सरकारी दाबी

नियमानुसार यातायात भाडा बढाइएको सरकारी दाबी
सुन्नुहोस्

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आजबाट लागू हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडा बढाइएको जानकारी दिएको छ ।

जसअनुसार यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब ३० प्रतिशतले बढाइएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीको शून्य दशमलब ८१ प्रतिशत र तराईका सडकमा सञ्चालन हुने मालवाहक सवारीको शून्य दशमलब ०५ प्रतिशतले भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिसहित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरेर भाडा बढाइएको सरकारी दाबी छ । 

वृद्धि भएको भाडादर आजैदेखि दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातमा लागू हुने विभागले जनाएको छ ।

 

टिप्पणीहरू