पूर्व सेनापति महिनौदेखि अस्पतालमै

पूर्व सेनापति महिनौदेखि अस्पतालमै

सेनाका अग्रजहरूले आफ्नो जीवन बनाउनेभन्दा पनि संस्था जोगाउने, भावी पुस्ता र भविष्यमा आफ्नैलागि कल्याणकारी सोचसहित निर्माण गरेको काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालले राम्रै नतिजा दिएको अनुभूति सैनिकहरूले गरेका छन् । घरमा उपचार सम्भव नभएका जवानदेखि पूर्वप्रधानसेनापतिसम्मले त्यहाँ उपचार गराइरहेका छन् ।

अहिले त्यहाँ पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङसहित सयौं बिरामी उपचाररत छन् । न्यूरोलोजिक समस्यालेग्रस्त छत्रमान ७ महिनादेखि छाउनीको बेडमा छन् । भिआइपी वार्डमा राखिएका गुरुङलाई पेटमा प्वाल पारेर खाना खुवाइने गरिएको छ ।

त्यसैगरी पूर्व तीनतारे जर्नेल बालानन्द शर्माकी पत्नी पनि पक्षाघातको शिकार भई डेढ वर्षदेखि छाउनीमैं उपचाररत छिन् । अर्का पूर्व सेनापति रुक्माङ्गत कटुवालको पनि मिर्गाैलाको डाइलोसिस सोही अस्पतालमा जारी छ । एओर्टामा खराबी आएको कारण मिर्गाैला प्रत्यारोष्ण गर्न चाहे पनि हुन सकेको छैन । उनको हप्ताको दुई पटक डायलोसिस हुने गरेको छ । 
 

टिप्पणीहरू