तालबाराही मन्दिरलाई एसबिआईको १० लाख

तालबाराही मन्दिरलाई एसबिआईको १० लाख
सुन्नुहोस्

नेपाल एसबिआई बैंकले पोखराको तालबाराही मन्दिरलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिरको गुठी व्यवस्थापन समितिलाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

बैंककी अध्यक्ष जयती बन्सलले औपचारिक रुपमा गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रभुराम शर्मा पहारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । रकम मन्दिरको पुनःनिर्माणका निम्ति सल्यानी ढुंगा खरिदमा खर्च गरिने जनाइएको छ । 

समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका निम्ति बैंकले समयसमयमा यस्ता गतिविधि गर्दै आइरहेकोे छ । एसबिआई बैंकले हाल देशभर अफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २२ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

टिप्पणीहरू