प्रधानमन्त्री सवार होलिकप्टर बालुवाटारमा अवतरण
प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बुको सुर्केस्थित खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनपछि राजधानी फर्कनुभएको छ ।
सेनाको एनए ०३८ कल साइन हेलिकोप्टरमा प्रधानमन्त्रीसँगै गएका रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि बालुवाटारमा ओर्लेको बताइएको छ । होलिकोप्टर साँझ साढे ५ बजे बालुवाटारमा अवतरण गरेर ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गएको हो ।
तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पालगायत प्रख्यात शेर्पाहरुको जिल्लाको विकास र प्रगतिमा आफू सदैव प्रतिबद्ध रहेको उहाँले उद्घाटन समारोहमा बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सो अवसरमा राष्ट्रिय विभूती तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामू शेर्पाको घरसमेत अवलोकन गर्नुभएको छ ।
सुर्के सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर टाढा पर्छ । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दूरीमा छ ।
टिप्पणीहरू