नविना लामाको कसले काट्यो नाम
गोदावरीमा हुने विधान अधिवेशनको एक दिनअघि एमाले केन्द्रीय कमिटीको च्यासल बैठकमा अध्यक्ष ओली प्रतिकूलका विचार व्यक्त गरेबापत नविना लामाले यसचोटि राम्रै मूल्य चुकाउनुपर्यो । लामाले सो बैठकमा पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, न्याय र सम्मानको निम्ति विद्या भण्डारीलई सदस्यता दिनुपर्ने मत व्यक्त गरेकी थिइन् । यसैकारण महासचिव शंकर पोखरललगायतले एघारौं महाधिवेशनमा लामालाई केन्द्रीय सदस्यमा ढिम्किनै दिएनन् ।
माक्र्सवादी विश्वविद्यालय ग्रन्थ प्रकाशन गर्नेबारे छलफल गर्न जाँदा लामालाई अध्यक्षले के बोलेको भन्दै आक्रोश पोखेका थिए । प्रतिउत्तरमा उनले ‘सडकमा विद्यार्थी पोशाकमै मारिएको देखेपछि इमोशनल भएर ती कुरा बोलेको हुँ बा’ भन्दै प्रस्टिकरण दिएकी थिइन् । यस्तै यस्तै तिक्तता मेटाउनको लागि उनी गुन्डुमा तीन पटक गएकी थिइन् । मञ्जु चौधरीलगायत कैयौंले विद्या भण्डारीको पक्षमा बोले पनि टिममा राखेको तर आपूmलाई बाहेक गरेको भन्दै लामाले साथी सर्कलसँग गुनासो पोखेको बताइन्छ । स्वास्थ्य खराब हुँदा मतदानको दिन झण्डैझण्डै थला परेकी लामाले सोचेअनुरुप मत माग्दै हिँड्न सकिनन् । अन्तिममा योगेश भट्टराईहरूले लामालाई आफ्नो टिममा सामेल गरेका थिए । यसो गर्दा उनी २० मतले मात्रै सदस्य हुन सकिनन् । केपी ओलीले नेतृत्व छोड्नुपरे तेस्रो पुस्ताले अवसर पाउनु पर्ने उनको मत थियो ।
रामकुमारी झाँक्रीपछि किशोरविक्रम मल्ल, माधव ढुङ्गेल र ढुङ्गेल लामाले अखिलको नेतृत्व सम्हालेकी थिइन् । झाँक्रीले नेकपा (एस) छोडेपछि ओलीले केन्द्रीय सदस्यमा जिताइदिएका छन्् । लामा भने शुरुदेखि नै ओलीकै पक्षमा थिइन् । अध्यक्ष ओलीसँग नजिक हुने ओखलढुंगाकी अस्मिता थापाले महाधिवेशन प्रतिनिधिमै एकपटक रिङ आउट भए पनि केन्द्रीय निर्देशन अनुसार बाजी मारेको बेला लामाहरू भने टाढिनु दुःखद विषय बनेको बताइन्छ । त्यसो त यो महाधिवेशनमा ओलीभन्दा ईश्वर पोखरेलको प्यानल अलिक उदार देखिएको थियो । शंकर पोखरेल, विष्णु पौडेलदेखि धेरैजसो पदाधिकारीलाई केन्द्रीय सदस्यको सूचीमा समेटिएको थियो । यसो गर्दा कतिपयले दुईतिरकै मत पाएका थिए ।
(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू