सत्य बोल्ने रिगोबेर्टाको अनुकरणीय कथा !

सत्य बोल्ने रिगोबेर्टाको अनुकरणीय कथा !

मानव अधिकार र आदिवासी पहिचानका लागि संघर्ष गर्ने संसारका दुर्लभ व्यक्तिहरूमध्येकी हुन् रिगोबेर्टा मेन्चु टुम । जसले व्यक्तिगत पीडालाई सार्वजनिक शक्तिमा रूपान्तरण गरिन् । ग्वाटेमालाको माया–क्विचे आदिवासी समुदायमा जन्मिएकी उनले जन्मदेखि नै दमन, भेदभाव र गरिबीको संसार देखिन् । उनको जीवन एउटा श्रमिक बालिकाको रूपबाट शुरु भई अन्तर्राष्ट्रिय मानव अधिकारका सबैभन्दा बलिया आवाजहरूमध्ये एक बन्न सफल भएको छ ।

रिगोबेर्टाको जन्म ९ जनवरी १९५९ मा ग्वाटेमालाको ग्रामीण क्षेत्र चिमेलमा भएको थियो । उनको परिवारसँग जमीन थिएन, उनीहरूको मुख्य जीविका धनी जमिन्दारहरूको फार्ममा मजदुरी गर्नु थियो । पाँच वर्षको हुँदा नै कफी बारीमा काम गर्न बाध्य भइन् । जहाँ विषाक्त कीटनाशकहरूको सम्पर्कमा आएर उनका भाइबहिनीहरूको ज्यान गएको थियो । स्कूल जाने मौका उनका लागि विलासिता थियो । 

बाल्यकालदेखि राज्य संरचनामा रहेको जातीय विभेद, भौगोलिक उपेक्षा र वर्गीय दमनको प्रत्यक्ष अनुभव गरिन् । ग्वाटेमालामा आदिवासीलाई ‘तल्लो दर्जाको श्रमिक’मान्ने सोच गहिरो थियो । उनीहरूले देशका प्राकृतिक स्रोत र श्रममा ठूलो योगदान दिए पनि उनीहरूको अस्तित्व नै वास्ता नगरिने, आवाज सुन्न नचाहिने प्रणाली थियो । उनको परिवारले वर्षको आठ महिना सम्म फिन्का (प्लान्टेशन) मा काम गर्नुपथ्र्यो, जहाँ कडा परिश्रम र कुपोषणले धेरैको ज्यान लिन्थ्यो ।

रिगोबेर्टाको जीवनमा सबैभन्दा ठूलो चोट ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध (१९६०–१९९६) ले दियो । यसमा मुख्यतया राज्यसत्ता र सशस्त्र विद्रोहीहरूबीच संघर्ष भयो । तर राज्यसत्ताले आदिवासीहरूलाई विद्रोही समर्थक ठानेर क्रुर दमन ग¥यो । सेनाले गाउँहरू जलाइदियो, हजारौं मानिस बेपत्ता भए । बलात्कारलाई हतियारका रूपमा प्रयोग गरियो । यही हिंसाको बीचमा रिगोबेर्टा र उनका परिवार बाँचिरहेका थिए । दमनको तीव्रता यति भयानक थियो कि दाइको सैनिकले अपहरण गरेर दिएको यातनाका कारण हत्या भयो ।

केही समयपछि आमालाई पनि सैनिकहरूले अपहरण, बलात्कार र निर्मम हत्या गरे । सबैभन्दा भयावह घटना उनका बुबा भिसेन्टे मेन्चुको मृत्यु थियो । शान्तिपूर्ण विरोधका क्रममा बुबा र अन्य व्यक्ति स्पेनको दूतावासमा प्रदर्शन गर्दै थिए । राज्यसत्ताको निर्देशनमा गरिएको आगजनीमा उनीहरू सबै जिउँदै जलाइए । यी घटनाले रिगोबेर्टाको परिवारलाई मात्रै नष्ट गरेन कि उनीभित्रको निडरतालाई पनि जन्माइदियो । उनले आफ्नो परिवारका सदस्यहरूको मृत्युलाई व्यक्तिगत पीडाबाट सामुहिक संघर्षको प्रेरणामा बदलिन् ।

रिगोबेर्टा मेन्चु टुम सन् १९८१ मा परिवारका सदस्यहरूको क्रुर हत्यापछि २१ वर्षको उमेरमा नै ग्वाटेमालाबाट मेक्सिको निर्वासनमा गएकी थिइन् । उनले निर्वासनको क्रममा पनि पटक–पटक ग्वाटेमालाको छोटो भ्रमण गरिन्, जस्तै सन् १९८८ मा फर्कंदा पक्राउ परिन् र फेरि निर्वासनमा फर्कन बाध्य भइन् । नोबेल शान्ति पुरस्कार प्राप्त गरे लगत्तै सन् १९९२ को अक्टोबरमा छोटो भ्रमण गरिन् । यी भ्रमण छोटा र जोखिमपूर्ण किन पनि थिए भने सैनिक शासनबाट मृत्युको धम्की थियो ।

उनको स्थायी फिर्ती (पूर्ण निर्वासनको अन्त्य) भने सन् १९९४ को शुरुमा बल्ल हुन सक्यो । यो फिर्ती १३ वर्षको निर्वासनपछि सम्भव भएको थियो । अन्तर्राष्ट्रिय दबाब तथा शान्ति प्रक्रियाको कारण मात्र सम्भव भएको थियो । यही बेला उनले ग्वाटेमालामा रिगोबेर्टा मेन्चु टुम फाउण्डेशन स्थापना गरेकी थिइन् जसले माया समुदाय, नरसंहारपीडितहरू र आदिवासी अधिकारका लागि काम गर्दै आएको छ । ग्वाटेमालाको गृहयुद्ध सन् १९९६ को डिसेम्बरमा औपचारिक शान्ति सम्झौतासँगै समाप्त भयो । जसले उनको स्थायी बसोबासलाई थप सुरक्षित बनायो ।

यो निर्वासनले उनलाई भगुवा होइन, अन्तर्राष्ट्रिय योद्धा बनायो । मेक्सिकोमा बस्दै गर्दा उनले संसारभरका मानव अधिकार संगठन, विश्वविद्यालय र मञ्चहरूमा आदिवासीहरूका पीडा बोल्न थालिन् । आवाज सरल थियो तर शक्तिशाली किनकि त्यो आवाज अनुभवको आगोबाट आएको हुन्थ्यो । भाषा, शिक्षा वा पहिचानको कमीले उनलाई रोक्न सकेन । उनले भनेकी थिइन्, ‘सत्य बोल्नलाई ठूलो आवाज होइन, ठूलो साहस चाहिन्छ ।’ उनले क्याथोलिक चर्चमार्फत सामाजिक सुधारमा संलग्न भई महिला अधिकार आन्दोलनमा पनि योगदान दिइन् ।

१९८३ मा प्रकाशित जीवनका अनुभवहरू समेटिएको पुस्तक ‘आइ, रिगोबेर्टा मेन्चेम’ ले संसारमा हलचल मच्चायो । ल्याटिन अमेरिकी मूलकी मानवशास्त्री एलिजाबेथ बुर्गोस–डेब्रायले रिगोबेर्टासँग विस्तृत अन्तरवार्ताहरूको आधारमा तयार पारेको पुस्तक आधुनिक साहित्यमा एक अद्वितीय कृति मानिन्छ । मानवअधिकारका विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासकारहरूका लागि यो पुस्तक आज पनि दमन र प्रतिरोधको प्रत्यक्ष प्रमाण मानिन्छ । पुस्तकले ग्वाटेमालालाई अन्तर्राष्ट्रिय जाँच, आलोचना र मानव अधिकार आयोगको दायरामा ल्यायो ।

उनको आत्मकथा प्रकाशित भएको एक दशकपछि मानवशास्त्री डेविड स्टोलले मेन्चुले जीवनका केही विवरण प्रचारका लागि परिवर्तन गरेको दावी गरेका थिए । उनले भाइको मृत्यु, परिवारको उपस्थिति र मेन्चूको शिक्षा सम्बन्धी विवरणलाई विवादित ठहर्‍याए । स्टोलले १९८० को स्पेनी दूतावास नरसंहारलाई प्रदर्शनकारीहरूको आत्मदाहको रूपमा देखाए, जबकि आधिकारिक अनुसन्धानले सेनाले आगजनी गरेको पुष्टि गरेको थियो । धेरै विद्वानले मेन्चुको कथनलाई आदिवासीहरूको सामूहिक अनुभवको प्रतिनिधित्व मान्दै बचाउ गरेका थिए । उनलाई दिएको पुरस्कार फिर्ता लिनु पर्छ भनेर उजुरीसमेत परेको थियो तर नोबेल पुरस्कार समितिले पुरस्कार फिर्ता लिन अस्वीकार गर्दै मानवअधिकार र सामाजिक न्यायको योगदानलाई आधार बनाएको स्पष्ट गर्‍यो । सत्यका केही विवरण विवादित भए पनि मेन्चुको साक्ष्य गृहयुद्धकालीन आदिवासी जीवन र उत्पीडनको महत्वपूर्ण दस्तावेज मानिन्छ ।

पछि सन् १९९८ मा ऋचयककष्लन द्ययचमभचक, सन् १९९९ मा जर्मन भाषामा प्रकाशित भ्लपभष्लि मभच ःबथब (म्बगनजतभच या तजभ ःबथब) जस्ता कृतिहरू सार्वजनिक भए । उनले दान्ते लियानोको सहकार्यमा बाल–बालिकाका लागि पनि पुस्तकहरू लेखेकी छन् । जसमध्ये त्जभ न्ष्च िाचयm ऋजष्mभ ि(२००५), त्जभ ज्यलभथ व्बच (२००६) र त्जभ क्भअचभत ीभनबअथ (२००८) उल्लेखनीय छन् । यस्तै, सन् २०१२ मा प्रकाशित प्’बकझिबष्–ििख्ष्खष्चः भ् िअबmष्लबच मभ च्ष्नयदभचतब ःभलअजझ त्गm भल भ ित्ष्झउय पुस्तकले उनको जीवन–यात्रा, विचार, संघर्ष र समयसँगै परिवर्तन हुँदै गएको सामाजिक चेतनालाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्दछ ।

विश्वसमुदायले उनको योगदानलाई उत्कृष्ट मूल्यांकन ग¥यो र १९९२ मा रिगोबेर्टा मेन्चुलाई नोबेल शान्ति पुरस्कार दिइयो । उनी इतिहासकै पहिलो आदिवासी महिला थिइन् जसले यो सम्मान प्राप्त गरिन् । त्यो वर्ष कोलम्बसले अमेरिका ‘खोजेको’ भनिएको ५०० वर्ष पुरा भएको वर्ष थियो तर रिगोबेर्टाले भने ‘त्यस खोजले हामी आदिवासीहरूको इतिहास नष्ट ग¥यो’ भनेर स्मरण गराइन् । नोबेल पुरस्कार केवल उनको व्यक्तिगत उपलब्धि थिएन । यो आदिवासी पहिचान, समानता, महिला अधिकार र न्यायका लागि संघर्ष गरिरहेका सबै मौन आवाजहरूको सम्मान थियो । नोबेल समितिले भनेको थियो, ‘उनी सबै उत्पीडितको आवाज हुन् ।’ यस पुरस्कारले उनलाई युनेस्कोको सद्भावना दूत बनायो र प्रिन्स अफ अस्टुरियस अवार्ड पनि प्राप्त भयो ।

सन् १९९५ मा रिगोबेर्टा मेन्चुले ग्वाटेमालान नागरिक एन्जेल कानिलसँग माया परम्पराअनुसार विवाह गरिन् । तीन वर्षपछि, सन् १९९८ जनवरीमा क्याथोलिक विधिबाट पुनः विवाह गर्दै आफ्नो सम्बन्धलाई धार्मिक मान्यता दिइन् । त्यही समय जन्मिएको नवजात शिशु त्सुनुनको मृत्यु भएपछि उनीहरूले माश नहुआल हा’ (पानीको आत्मा) नामक एक बालकलाई धर्म छोरा बनाए, जसले जीवनमा नयाँ ऊर्जा र आशा जगायो ।

मिडियामा पनि रिगोबेर्टा मेन्चुको प्रभाव उल्लेखनीय छ । सन् १९८३ मा बनेको अन्तर्राष्ट्रिय रूपमा चर्चित वृत्तचित्र ‘ह्वेन द माउन्टेन्स ट्रेम्बल’ (जब पर्वतहरू काँप्छन्) को उनी प्रमुख पात्र थिइन् । न्युटन थोमस सिगेल र पामेला येट्सद्वारा निर्देशित यो वृत्तचित्रले ग्वाटेमालाको गृहयुद्धका दौरान आदिवासीमाथि भएको दमन, प्रतिरोध र मानवीय अवस्थालाई विश्वसामु छर्लंग पारेको थियो ।

नोबेल प्राप्त गरेपछि पनि आफ्नो काम रोकिनन् । उनले रिगोबेर्टा मेन्चु टम फाउण्डेसन स्थापना गरी शिक्षा, मानवअधिकार र आदिवासी अधिकारका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिन् । फाउण्डेशनले माया समुदायका लागि शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा र नरसंहारपीडितहरूलाई न्याय दिलाउने काम गर्दै आएको छ । 

सन् १९९६ मा आदिवासी अधिकारका क्षेत्रमा उनको निरन्तर संघर्ष र योगदानलाई कदर गर्दै युनेस्कोले सद्भावना दूत नियुक्त ग¥यो । जहाँ उनले १९९५–२००४ को विश्व आदिवासीहरूको पहिलो अन्तर्राष्ट्रिय दशकमा शिक्षा, स्वास्थ्य, वातावरण, मानवअधिकार र अन्तर्राष्ट्रिय सहकार्यजस्ता विषयमा महŒवपूर्ण नेतृत्व प्रदान गरिन् । सन् २०१५ मा युनेस्कोकी महा–निर्देशक इरिना बोकोवासँगको सम्पर्कपछि ग्वाटेमाला र युनेस्कोबीचको सहकार्य रणनीतिलाई थप मजबुत बनायो ।

स्वास्थ्य क्षेत्रमा सामाजिक अभियानकर्ताको रूपमा सन् २००३ देखि ‘सलुद पारा तोदोस्’ र ‘फार्मासिस सिमिलारिज’ संस्थाहरूको अध्यक्ष हुँदै सस्तो र पहुँचयोग्य जेनेरिक औषधि उपलब्ध गराउने अभियान चलाइरहेकी छन् । विशेषतः एचआईभी र क्यान्सरका महँगा औषधिको पेटेन्ट अवधि घटाई सबैका लागि उपलब्ध गराउनुपर्ने उनको मागका कारण ठूला औषधि कम्पनीको विरोधसमेत सहनुपरेको छ । सन् २००६ मा जोडी विलियम्स, शिरीन अबादी, वाङ्गारी माथाई, बेट्टी विलियम्स, र मारेड कोरिगन म्याग्वायरसँग मिलेर नोबेल वुमन्स इनिसिएटिभकी संस्थापक सदस्य बनिन्, जसको उद्देश्य पाँच महादेशका महिला नोबेल विजेताहरूलाई साझा आवाजमा उभ्याउँदै विश्वशान्ति, न्याय र लैङ्गिक समानताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्नु हो । साथै, उनी एभबअभव्बm को सक्रिय सदस्यका रूपमा विश्वभरका युवाहरूलाई प्रेरणा र मार्गदर्शन दिँदै आएकी छन् ।

उनले ग्वाटेमालाको पहिलो आदिवासी राजनीतिक पार्टी विनाक स्थापना गरिन् । २००७ र २०११ मा राष्ट्रपति चुनावमा उम्मेदवारी दिइन् । शान्ति सम्झौताको कार्यान्वयनमा पनि योगदान दिइन् । आजसम्म पनि रिगोबेर्टा मेन्चु सक्रिय छन् । उनले हालै गाजाका बालबालिकाहरूको पीडालाई आफ्नो अनुभवसँग जोडेर बोल्दै आएकी छन् । उनले जलवायु परिवर्तन, आर्थिक असमानता र आदिवासी अधिकारका मुद्दामा निरन्तर काम गरिरहेकी छिन् । उत्पीडनले उनलाई मौन बनाएको भए, संसारले आदिवासीको इतिहास कहिल्यै थाहा पाउँदैनथ्यो तर आफूलाई रोकिनन्, किनकि उनको विश्वास थियो ‘मानिस सानो हुँदैन, आवाज सानो हुन्छ, यदि हामी बोल्दैनौँ भने ।’

उनको जीवनले हामीलाई सिकाउँछ कि पीडा कमजोरी होइन, संघर्षको ऊर्जा बन्न सक्छ । एकजना साहसी महिलाले जीवनको घाउलाई आवाजमा बदलिन् भने आवाजलाई आन्दोलनमा । रिगोबेर्टा मेन्चु परिवारसँग ग्वाटेमाला सिटीको उत्तर–पश्चिममा पर्ने सान पेद्रो खोकोपिलास नगरपालिकामा बसोबास गर्छिन् ।
 

टिप्पणीहरू