समानुपातिक उम्मेदवार टुंगो लगाउँदै एमाले

समानुपातिक उम्मेदवार टुंगो लगाउँदै एमाले

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम छनौट गर्दै छ । सिफारिस भएका नाम टुंगो लगाउन एमालेको सचिवालय बैठक भोलि बिहान डाकिएको छ ।

पार्टी मुख्यालय च्यासलमा भोलि बिहान ११ बजे बस्ने सचिवालय बैठकले समानुपातिक उम्मेदवारको नामलगायत विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची पेश गर्ने म्याद भोलि र पर्सि तोकेको छ ।
 

टिप्पणीहरू