केरुङ नाका बिहिबारदेखि खुल्ला

केरुङ नाका बिहिबारदेखि खुल्ला

चीनसँगको दोस्रो ठूलो व्यापारिक नाका केरुङ अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि सुचारु हुँदै छ । गत असारमा आएको बाढीका कारण अवरुद्ध व्यापार तथा आदानप्रदान कार्य जनवरी १ तारिखदेखि पुनः शुरु गर्न लागिएको छ ।

बाढीमा रसुवागढीको मितेरी पुलसँगै प्रहरी चेक पोष्ट,भन्सार कार्यालयलगायत धेरै भौतिकसँगै मानवीय क्षतिसमेत भएको थियो । चीनले दुई मुलुक जोड्ने पुल बनाएपछि यातायात र व्यापार सुचारुको अवस्था बनेको हो ।

चिनियाँ व्यापारीहरुले आगामी फेब्रुअरी १० तारिखदेखि चीनको परम्परागत वसन्त चाड (स्प्रिङ फेस्टिभल ) को लामो बिदा शुरु हुने भएकाले त्यसअघि नै अत्यावश्यक सामान नेपाल भित्र्याउन सूचित गरेका छन् ।

टिप्पणीहरू