पाथीभराको अध्यक्षमा शीला

पाथीभराको अध्यक्षमा शीला
सुन्नुहोस्

ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको सञ्चालक समितिमा नयाँ अध्यक्ष चुनिएका छन् । हिजो भएको सञ्चालक समितिको चुनावमा अध्यक्षमा नेपाली काँग्रेसकी नेता शीला ईजम विजयी भएकी छन् । 

शीलाले १८ मत प्राप्त गर्दा पराजित कुमार मादेनले १२ मत ल्याएका छन् । महिला सदस्यमा शिक्षाप्रेमी गीता सेन्दाङ २७ मत र मैया न्यौपाने १७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी बुद्धिजिवी खस आर्यतर्फ टेकनाथ अधिकारी १९ मत ल्याएर विजयी भए । शिक्षाप्रेमी बुद्धिजिवी जनजातितर्फ पृथ्वीप्रसाद मादेनले १७ मत र दलित सदस्यमा सन्तोष पुर्कुटी सार्की निर्विरोध निर्वाचित भएका हुन् ।

पाथीभरा बहुमुखी क्याम्पसमा भएको चुनावलाई हेर्दा विगतमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन मोर्चाबन्दी गरेका राजनीतिक दलहरु एकैठाउँमा उभिएका छन् । क्याम्पसको चुनावमा नेपाली काँग्रेसबाट तीन, माओवादी केन्द्रबाट दुई र एमालेले पदेन सदस्यहरुमा मात्र चित्त बुझाउनुपर्ने भएको छ ।

क्याम्पसका प्रथम अध्यक्ष ध्रुवनारायण श्रेष्ठ हुन् । त्यसपछि क्रमशः भीमबहादुर श्रेष्ठ, मकरजंग मादेन, बलबहादुर साम्सोहाङ र गजेन्द्र तुम्याहाङ अध्यक्ष बने । अहिलेकी शीला छैटौं तथा प्रथम महिला अध्यक्ष बनिन् ।

टिप्पणीहरू