जन्मकैदको सजाय पाएका सांसद शर्मा निलम्बित
मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी बल नेपालका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका उनलाई गत वैशाख १८ गते निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । शर्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद तथा संसदीय दलका नेतासमेत हुन् ।
सूचनामा भनिएको छ, ‘कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मुद्दामा प्रतिवादी समेत रहेका प्रदेशसभा सदस्य अभिराम शर्मालाई अभियोग मागदाबीबमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नम्बर र १३ (३) नम्बरबमोजिमको कसुरमा सोही महलको १३ (३) बमोजिम जन्मकैद ठहर भएकोले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम माननीय सभामुखले मिति २०८१/०१/१८ गतेमा निज माननीय अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएकोले यो सूचना सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशित गरिएको छ ।’
एक महिलालाई कुवेत पठाउने भन्दै भारत पुर्याएर वेश्यावृत्तिमा लगाउने एक जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले दाङको बबई गाउँपालिका ५ घर भएका ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
उनले एक महिलालाई कुवेत जानको लागि लाग्ने रकम आफैं व्यहोर्ने भन्दै प्रलोभनमा पारेका थिए । गत वर्षको जेठ ११ गते उनले ती महिलालाई स्वास्थ्य परिक्षणको लागि भन्दै एम्बुलेन्समा राखेर काठमाडौँबाट बुटवल पुर्याएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । त्यसपछि भण्डारीले महिलालाई कुवेतको लागि भारतबाट प्रक्रिया चाल्न सजिलो हुने भन्दै दिल्ली पुर्याएको बताइन्छ । तर त्यहाँ पुगेपछि उनले महिलालाई एक फ्ल्याटमा बन्धक बनाएर वेश्यावृत्तिमा लगाएको ब्युरोले जनाएको छ ।
यो कार्यमा अन्य व्यक्तिहरुको पनि संग्लनता रहेको हुनसक्ने भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतबाट भण्डारीलाई पाँच दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू