रविले किनेको गाडीको एक किस्ता बुझ्ने सहकारी कुन हो ?
काठमाडौं,कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्नता आरोपमा रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई हिजो काठमाडौं ल्याउन खोजिएको थियो तर ‘प्राविधिक’ कारणले यो काम केही पछि सरेको छ ।
यता रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरा भन्छन्,‘कास्की प्रहरीले रविलाई भोलि साँझ वा पर्सी बिहान (बिहिबार) मात्र काठमाडौँ पठाउने भएको छ ।’ स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न भन्ने आरोप लागेका पूर्वडिआइजी छविलाल जोशीलाई यसअघि नै काठमाडौं ल्याएर बयान लिएपछि पोखरा लगिसकिएको छ ।
‘रविका नाममा भएको गाडी प्रदेश ३–०१–०२४ च ८२८१ नम्बरको हो,जसमा सहकारीको पैसा परेको छ ।’
आफू गोर्खा मिडियाको प्रबन्ध निर्देशक भए पनि सहकारी रकम अपलचनामा कुनै संलग्नता नरहेको बताउँदै आएका लामिछाने र उनको समूहले स्वर्णलक्ष्मीको कर्जाबाट दुई वटा सवारी साधन खरिद गरेको देखिएको छ । स्रोत भन्छ, ‘रविका नाममा भएको गाडी प्रदेश ३–०१–०२४ च ८२८१ नम्बरको हो,जसमा सहकारीको पैसा परेको छ ।’
रविले कात्तिक २ गते पक्राउ पर्नुअघि उक्त गाडी किनेवापत ऋणको किस्ता रकम एकपटक तिरेको देखिन आएको छ । यसबाट उनले भन्दै आएको सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता छैन भन्ने दाबी स्वत: खण्डित हुन्छ । पोखराको सूर्यदर्शन, बुटवल र चितवनको सहारा सहकारीको रकमसमेत गोर्खा मिडियामा ल्याएर उनको दस्तखतमा खर्च गरेको चेक यसअघि नै छरपष्ट भइसकेको छ ।
टिप्पणीहरू