रविलाई काठमाडौं ल्याइनुअघि माइतीघरमा जुलुस

रविलाई काठमाडौं ल्याइनुअघि माइतीघरमा जुलुस

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता सडकमा ओर्लिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका आज बयानका लागि काठमाडौँ ल्याउन लागिएपछि समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । सो पार्टीका नेता तथा कार्यकर्ताहरू अहिले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । 

सरकारले राजनीतिक प्रतिशोध साध्न आफ्ना सभापतिलाई झूठा मुद्दामा फसाउन खोजेको उनीहरुको आरोप छ । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको अगुवाइमा रविको फोटोसहित प्रदर्शनमा निस्किएका रास्वपा कार्यकर्ताले ‘राजनीतिक प्रतिशोध बन्द गर', 'रवि दाइलाई रिहा गर', 'रवि दाइलाई न्याय दे' लेखिएका प्लेकार्ड देखाएका छन् । 

लामिछाने गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । सोही दिन पोखरा पुर्याइएका उनीविरुद्ध ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान भैरहेको छ । 

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनमा मुछिएका उनलाई आज बयानका लागि काठमाडौं ल्याइँदैछ ।

तस्बिरहरुः

​​​​​​​

​​​​​​​

टिप्पणीहरू