राजश्व चुहावट रोक्न सिंहदरबारमा छलफल
अर्थमन्त्री रामेश्वर खनालले सीमा भन्सारमा हुने गरेको राजश्व चुहावट रोक्नुपर्ने जोड दिनुभएको छ । उहाँले आज बिहान मन्त्रालयमा आफ्नो अध्यक्षतामा बसेको राजश्व चुहावट सम्बन्धी बैठकका सहभागीहरुलाई चुहावट रोक्न आवश्यक कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको बताइन्छ
बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, राजश्व सचिव दिनेशकुमार घिमिरे, नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, सहसचिवलगायत झण्डै एक दर्जनको उपस्थिति थियो ।
टिप्पणीहरू