जनार्दनलाई छोडेर दम्पती नै प्रचण्डतिर

जनार्दनलाई छोडेर दम्पती नै प्रचण्डतिर

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता टेकबहादुर बलाम्पाकी नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् । 

तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य बलम्पाकी पत्नी सीता दाहालसँगै आज संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपामा मिसिएका हुन् । नेकपा गठनप्रति असन्तुष्टि जनाउँदै बलम्पाकी दम्पत्ति जनार्दन शर्माको प्रगतिशील अभियानमा जोडिएका थिए ।

त्यतिबेला बलम्पाकीले पत्रकार सम्मेलनमै प्रचण्ड र नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै माओवादी विघटनको आरोप लगाएका थिए । तर, जनार्दनले माओवादी मात्र होइन मार्क्सवाद नै त्यागेका छन् । 

आज उनले प्रचण्डसँग गल्तीको प्रयाश्चित गर्दै नेकपामै रहेर सक्रिय बन्ने निर्णय सुनाएका हुन् । प्रचण्डले पनि बलम्पाकी दम्पतिलाई नि:शर्त पार्टीमा स्वागत गरेको बताइएको छ । 

यसअघि जनार्दनतिर लागेकी अञ्जना विशंखे पनि नेकपामा फर्किसकेकी छन् ।

टिप्पणीहरू