एमाले नेताले पार्टी छाडे

एमाले नेताले पार्टी छाडे

नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले सक्रिय राजनीतिबाट विश्राम लिएका छन् । सामाजिक सञ्जालमार्फत थापाले अब सक्रिय भूमिका रहन नसक्ने जानकारी गराएका छन्  ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका थापाले एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको सक्रिय भूमिकामा नरहने घोषणा गरेका हुन् । दुई कार्यकाल केन्द्रीय सदस्य,एक कार्यकाल प्रतिनिधिसभा सदस्य, जिल्ला विकास समिति म्याग्दीको पूर्व उपसभापति लगायतका जिम्मेवारी निभाएका थापाले पार्टीमा अनेरास्ववियूको प्रारम्भिक कमिटीदेखि पार्टीको केन्द्रीय सदस्यसम्मको भूमिका निभाएका छन् ।

युवा संघ नेपालको जिल्ला उपाध्यक्ष, केन्द्रीय सदस्य, पार्टीको गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव,जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं. २ को इन्चार्ज, जिल्ला उपसचिव,सचिव,तत्कालिन धौलागिरी अञ्चल सचिव हुँदै केन्द्रीय कमिटी सदस्य बनेको थापाले जानकारी गराए ।

बाँचुञ्जेल पार्टीको जिम्मेवारी नछोड्ने,नारा युवालाई अगाडि बढाउने ल्याउने तर विभिन्न बहानामा पार्टी कब्जा गरेर बस्ने, पदका लागि जे पनि गर्ने प्रवृतिलाई थापाको निर्णयले सांकेतिक रुपमा झापड हानेको एमाले बृत्तमा चर्चा छ । पार्टीको केन्द्रमा पुगेपछि जे जसरी हुन्छ, नेताहरुको वरिपरी चक्कर लगाएर,विभिन्न खालका गतिविधि गरेर पद पाइराख्ने प्रवृति विद्यमान रहेको समयमा थापाले लिएको निर्णय एउटा झड्का हुने उनले बताए ।

युवा जनशक्तिलाई राजनीतिमा आकर्षण गर्न,उनीहरुलाई सक्रिय राजनीतिमा अगाडि ल्याउनु पर्ने समयमा ३/४ दशकदेखि केन्द्रीय कमिटी र संसदको उम्मेदवार बन्नेहरुकै हाली मुहाली हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनले बताए ।

टिप्पणीहरू